नियम ५
जग्गाको मोल र शर्त तोक्ने
(१) नियम ४ बमोजिम पूर्जा प्राप्त गर्ने व्यक्ति वा परिवारलाई बिगाहा एकको रु. ३५।– पैंतीसको दरले कमिशनले जग्गा बिक्री वितरण गरिनेछ र त्यसरी बिक्री वितरण गर्दा उपनियम (२) बमोजिमको म्यादमा किस्ता नबुझाएमा त्यस्तो जग्गा नेपाल सरकार लाग्नेछ भनी शर्त समेत गराउनेछ ।
(२) जग्गा प्राप्त गर्ने व्यक्ति वा परिवारले उपनियम (१) बमोजमको मोल तीन वर्षमा तीन बराबर किस्तामा प्रत्येक वर्षको आषाढ मसान्तमा स्थानीय माल अड्डामा बुझाउनु पर्छ ।